Welcome!

यस चौतारी लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत मितिः २०७१ चैत ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मितिः २०७२ मंसिर ९ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो ।

बुटवल उपमहानगरपालिका, वडा नं. ८, बुद्धपथमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको संस्था हो । वित्तीय संस्थाले कार्यक्षेत्रको रुपमा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्नका लागि स्वीकृत प्राप्त जिल्लाहरुमा लुम्बिनी अञ्चलका सम्पूर्ण ६ जिल्लाहरु (रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची) एवं राप्ती अञ्चलका ४ जिल्लाहरु (दाङ्ग, प्यूठान,