वित्तीय संस्थाका उद्देश्यहरु (Objectives)

गरिबी तथा निम्न वर्गका जनसमुदायलाई आर्थिक क्रियाकलापमा समावेश गर्राई उनीहरुको जीवनस्तर उकास्ने प्रमुख ध्येय रहेको यस लघुवित्त वित्तीय संस्थाले निम्नानुसारका उद्देश्यहरु लिएको छ ।

  • गरिब तथा विपन्न वर्गलाई आर्थिक उपार्जनका लागि सहयोग गर्दै उनीहरुको जीवनस्तर उकास्ने कार्यमा मद्दत गर्ने
  • विभिन्न रेमिटान्स सेवा प्रदायक कम्पनीहरुको सब एजेन्टको रुपमा बाह्य तथा आन्तरिक रेमिटान्सको कारोबार गर्ने
  • कृषि उत्पादन -खाद्यान्न तथा नगदेवाली), पशुपालन, माछापालन लगायतका क्षेत्रहरुको विकास र विस्तारमा सहयोग गर्ने तथा स्थानिय वा राष्ट्रिय स्तरमा बजार विस्तारमा सहयोग गर्ने
  • वित्तीय कारोबार गर्ने सुविधाबाट बन्चित विपन्न वर्गका महिलाहरुलाई आवश्यक कर्जा तथा बचत सूविधा उनीहरुको घरदैलोमा उपलब्ध गर्राई उत्पादनमूलक तथा आयबृद्धि कार्यक्रमा सरिक गराएर आत्मनिर्भर बनाउने ।
  • भौगोलिक क्षेत्र सुहाउँदो, सुधारात्मक ग्रामिण लघु बचत तथा कर्जा कार्यक्रम कार्यन्वयनमा उपयुक्त ढाँचा, दिगो र ब्यवस्थित पद्धतिद्धारा नियन्त्रितपुर्ण कार्यविधि तयार गर्ने ।
  • कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यवसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास विस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिकालागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य श्रोतबाट जुर्टाई देशको साना औद्योगिक व्यापारिक एवम् कृषिक्षेत्रको विकासमा गतिशीलता ल्याउन सहयोग पुर्याउने ।