Introduction

यस चौतारी लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०७३ अन्तर्गत मितिः २०७१ चैत ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मितिः २०७२ मंसिर ९ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो । बुटवल उपमहानगरपालिका, वडा नं। ६, बुद्धपथमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड १५ जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको संस्था हो ।

वित्तीय संस्थाले कार्यक्षेत्रको रुपमा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्नका लागि स्वीकृत प्राप्त जिल्लाहरुमा प्रदेश न: ५ अन्तर्गतका ११ वटा  जिल्लाहरु रुपन्देही, वर्दघाट सुस्ता पश्चिम,नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ्, रोल्पा, प्यूठान र पूर्वी रुकुम साथै कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरु सल्यान, जाजरकोट, पस्चिम रुकुम र सुर्खेत साथै गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्ला गरि १६ जिल्लामा सेवा पुराएको छ  । मूलतः यी जिल्लाहरुको ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा विपन्न परिवार जो  आर्थिकरुपले विपन्नवर्गमा दर्ज भएका छन् र जो मौजुदा बैंक तथा वित्तीय संस्थाहरुको बैंकिङ्ग सेवाको पहुचबाट टाढा छन्, ती समुदायका मानिसहरुलाई लघुवित्त सेवाको माध्यमवाट आर्थिक एवं सामाजिक उत्थान गर्न यसको मुख्य उद्देश्य रहेको छ ।

विपन्न समुदायका ग्रामीण क्षेत्रमा बसोवास गर्ने विशेषगरी महिलाहरुलाई विनाधितो सामुहिक जमानीमा ऋण उपलब्ध गराई उनीहरुलाई उत्पादनमूलक काम गर्न प्रोत्साहन गरी उनीहरुको पारिवारिक जीवनस्तरमा सुधार ल्याउने र उनीहरुलाई समाजमा स्थापित गराउने उद्देश्य संस्थाको रहेको छ । ती विपन्न परिवारका महिला तथा पुरुषहरुलाई वित्तीय रुपले साक्षर बनाउँदै ससानो उद्यम, कृषि उत्पादन, व्यापार, व्यवसाय संचालन गर्न, परम्परामा आधारित पेशा र ब्यवसाय परम्परामा आधारित लाई समेत प्रवद्र्धन गर्न स(सानो रकम लगानी गरी उत्पादनमूलक काममा सरिक गराई उनीहरुलाई स्वरोजगार र आर्थिक रुपले सबल बनाई सीर्जनशील र स्वावलम्बी समाज निर्माणमा सघाउनु यस वित्तीय संस्थाको मुख्य उद्देश्य रहेको छ ।