Message From CEO

गुणस्तरीय लघुवित्त सेवा दिन्छौं

लक्ष्मण घिमिरे

प्रमुख कार्यकारी अधिकृत

चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्ना लक्षित ग्राहक वर्गलाई गुणस्तरीय र भरपर्दो लघुवित्त सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । खासगरी आफ्नो कार्यक्षेत्रका बैंकिंग पहुँच बाहिर रहेका लक्षित ग्राहक वर्गलाई वित्तीय साक्षरता दिलाउँदै उनीहरुको दैनिक वित्तीय आवश्यकता पूरा गर्ने यसको उद्देश्य रहेको छ ।


त्यसैगरी स्थानीय ग्रामीण महिलाहरुमा भएको ज्ञान, सीपको उपयोग गरी उनीहरुमा उद्यमशीलताको विकासका लागि पूँजी परिचालन गर्दै उनीहरुलाई समाजमा सम्मानपूर्वक बाँच्ने अवसर प्रदान गर्नु नै यो वित्तीय संस्थाको ध्येय हो ।

स्थापनाको सुरुदेखि नै हामीले ग्रामीण क्षेत्रमा गएर लघुवित्त कारोबार सुरु गरिसकेका छौं । वित्तीय कारोबार सुरुवात गर्ने क्रममै हामीले तीन वटा ग्रामीण शाखाहरुबाट काम सुरु गरेका छौं । पाल्पाको दोभान, रुपन्देहीको मणिग्राम, ४ नम्बर, शिवपुर र नवलपरासीको कुमारवर्ती गोछडाबाट वित्तीय कारोबार सुरु गरेका छौं । 

ती स्थानहरुमा अहिलेसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु पुगेका छैनन् । यस मानेमा हामी नै पहिलो वित्तीय संस्था बनेका छौं । चौतारी लघुवित्तले खासगरी वित्तीय पहुँच बाहिर रहेका ग्रामीण क्षेत्रका मानिसहरुलाई नै वित्तीय सेवा प्रदान गर्नेछ र हामी कुनै पनि अवस्थामा यो उद्देश्यबाट अलग हुनेछैनौं । 

त्यसैगरी प्रस्तावित शाखा कार्यालयहरुलाई अनलाईन बैंकिंग मार्फ जोड्दै लघुवित्तमा आधुनिकीकरण गर्ने अभियानमा पनि हामी सामेल भएका छौं । हामी हाम्रो लक्षित ग्राहकवर्गको उन्नति, प्रगति र समृद्धिको सहयात्री बन्न चाहन्छौं । हामी साँच्चिकै तपाईंहरुकै लागि काम गर्न आएका छौं ।

धन्यवाद ।