Message From Chairman

हाल १५  जिल्लामा काम गर्न स्वीकृत पाएको चौतारी लघुवित्त वित्तीय संस्थालाई ५ वर्षभत्र राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था बनाउने लक्ष्य राखेका छौं । संस्थाबाट प्रवाह गरिने सेवालाई गुणस्तरीय बनाउँदै मोडेल लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित गर्ने उद्देश्यका साथ हामी लागिपरेका छौं ।

विभिन्न पेशा, व्यवसायमा आवद्ध युवा टिमको सक्रियतामा स्थापित यो वित्तीय संस्थालाई गरिबी निवारण र ग्रामीण विकासको एकीकृत अवधारणा अनुरुप खासगरी कृषि उत्पादन, वितरण र बजार निर्माणलाई सँगसँगै जोडेर आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य रहेको छ । 

सामाजिक समानताको आधारमा आर्थिक विकास गर्नका लागि स्थानीय ग्रामीण महिलाहरुलाई वित्तीय रुपमा साक्षर बनाई उनीहरुमा भएको ज्ञान, सीपको उपयोग गरी उद्यमी बनाउने योजना अनुरुप लगानीका संभाव्य क्षेत्रहरु पहिचान गर्दै लगानी गरिनेछ । समाज र राष्ट्रको समृद्धिको सपना घरपरिवारको समृद्धिबाटै पूरा हुन्छ । 

यर्सथ, हाम्रा ग्राहक महानुभावहरुको आर्थिक प्रगति र समृद्धि हाम्रो सपना हुनेछ र हामी त्यो समृद्धिको सहयात्री बन्नेछौं । लघुवित्त कारोबारलाई आधुनिकीकरण गर्दै मोडेल लघुवित्त बनाउने हाम्रो सपना हो । यर्सथ, सबैको साथ, सहयोग र हौसलाको अपेक्षा राखेका छौं ।

धन्यवाद ।

जगत बहादुर पोखरेल 
अध्यक्ष