मर्जरको विषेश प्रस्ताव सहित चौतारी लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

                   चौतारी लघुवित्त वित्तीय संस्थाले मर्जरमा जाने विषेश प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा वित्तीय संस्थाका संचालक समितिका अध्यक्ष जगत वहादुर पोख्रेलको अध्यक्षतामा बुटवल स्थीत अम्रपाली कटेजमा सम्पन्न भएको हो । सभाले संस्थाको संचालक समितिलाई उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि समेत अख्तियारी प्रदान गरेको छ ।

साथै, सभाले बैंकको संचालक समितिमा सर्वसाधरण सेयरधनीहरुको तर्फबाट दुई जना संचालक सदस्य निर्वाचित गरेको छ । संचालक सदस्यमा दिपक कुमार बुढाथोकी, र केशब प्रसाद पन्थीलाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

लघुवित्तले हाल ५७ वटा शाखा कार्यालयबाट ३९ हजार ग्राहक सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाले हाल ३८ करोड निक्षेप संकलन गरी १ अर्ब २७ करोड रुपैया कर्जा लगानी गरेको छ ।

Source :Banking Khabar