चौतारी लघुवित्तको बाख्रा पालन तालिम सम्पन्न

 चौतारी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय ठुटीपीपलले आफना ग्राहक सदस्यलाई दुई दिने बाख्रा पालन सम्बन्धि तालिम प्रदान गरेको छ । तालिम संस्थाका कर्मचारी मधुसुदन अधिकारीले सहजिकरण गरेका थिए । बाख्रा पालन तालिममा २८ जनाग्राहक सदस्य सहभागि भएइका थिए ।

उक्त तालिम समारोहमा ओमसतिया गाँउपालीका वडा नं १ का वडा अध्यक्ष वेल बहादुर वराल मगरले वित्तीय संस्थाले तालिम आयोजना गरेकोमा खुशी ब्यक्त गर्दे आगामी दीनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाले प्रदान गर्ने यस्ता विविध किसिमका तालिमहरुले ग्राहक सदस्यहरुलाई सिप सिकी आत्मनिर्भर भई कार्य गर्न मद्दत पुग्ने बिश्वास लिएको बताए । संस्थाले यस शाखा कार्यालयमा मात्र नभई अन्यत्र पनि यस्ता तालिमहरु प्रदान गर्दे आईरहेको जानकारी दिए ।

संस्थाले हाल सम्म १५ जिल्लाका ५७ वटा शाखा कार्यालयहरु मार्फत ३९ हजार ३ सय घर परिवारमा वित्तीय सेवा पु¥याई रहेको छ । ३९ करोड बचत संकलन गरी १ अर्ब ३४करोड कर्जा लगानी गरेको छ ।

Source:Banking Khabar